बिरामी बोक्ने एम्बुलेन्समा रक्त चन्दनको तस्करी

एम्बुलेन्समा रक्त चन्दनको  तस्करी !! एम्बुलेन्समा राखेर लैजादै गरेको रक्त चन्दन बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाव जगातीले चेक जांचका क्रममा एम्बुलेन्समा रक्तचन्दन फेला पारेको हो । काठमाडौंबाट खासा जांदै गरेको बा.६.च ८७८९ नम्बरको एम्बुलेन्सको विरामीलाई सुताउने सिट मुनी कपडाले बेरेर बाकसमा राखेको अवस्थामा ४९ किलोग्राम रक्त चन्दन प्रहरीले बरामद गरेको हो । एम्बुलेन्समा नक्कली बिरामी राखेर रक्तचन्दनको तस्करी हुने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले एम्बुलेन्स र रक्त चन्दनसहित नक्कली बिरामी स्याङ्बु र एम्बुलेन्सका चालक स्याम्बो शेर्पालाई नियन्त्रणमा लिएको छ ।









Posted by RB on 6:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बिरामी बोक्ने एम्बुलेन्समा रक्त चन्दनको तस्करी

Leave comment